आरआर क्याम्पसको चुनाव अन्यौलमा, सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन

काठमाडौं, फागुन २३ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आजका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्यौलमा परेको छ । मतदानका लागि विद्यार्थीहरू बाहिर लाईन लागेर बसे पनि प्रशासनले मतदान सुरु हुन दिएको छैन ।
स्थानीय निकायको निर्वाचनपछि निर्वाचन आयोगले जारी गरेको आचार संहिताअनुसार आरआर क्याम्पसमा स्ववियु निर्वाचन हुन नसक्ने भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले चुनाव रोक्न क्याम्पस प्रशासनलाई यसअघि नै आग्रह गरेको भए तापनि प्रशासनले अटेर गरेपछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरी चुनावमा मतदान हुन नदिएको बताएको छ ।
अहिले क्याम्पस परिसरमा ठूलो संख्यामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहरा दिँदै आएका छन् । सम्भावित तनाबलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । यसअघि १८ गते हुन नसकेको चुनाव आजका लागि तय गरिएको थियो ।
क्याम्पस क्षेत्रको परिस्थितिलाई मध्यनजर गर्दा मतदान कुन बेला सुरु हुने हो कुनै टुङ्गो लाग्न सकेको छैन । क्याम्पसमा नेविसंघबाहेकका विद्यार्थी संगठनले उम्मेदवारीसमेत दर्ता गराएका छन् ।
प्रतिक्रिया