एमालेको मेची–महाकाली अभियानको क्रममा मोर्चाबिच झडप, टायर बालेर सडक अबरुद्ध

सप्तरी, फागुन २३ ।
नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत आज सप्तरीको राजविराजमा हुन लागेको कार्यक्रममा मधेशी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् ।
एमालेको कार्यक्रममा बाधा पु¥याउन मोर्चाका कार्यकर्ताले राजविराजका विभिन्न ठाउँहरूमा नाराबाजी गरी प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा भारदह राजविराज, कञ्चनपुर, रुपनीलगाएत ठाउँमा टायर बालेर सडक अबरुद्ध पारेका छन् ।
मधेशी मोर्चाका कार्यकर्ताहरूले स्थानीय गजेन्द्र चोकमा बालिएको टायर निभाउन जाँदा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा केही कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ भने स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । एमालेको मेची–महाकाली अभियानअन्तर्गत आज राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आमसभा गर्ने तयारीमा छ । तर औद्योगिक क्षेत्रबाहिर ठूलो संख्यामा मोर्चाका कार्यकर्ताहरूको उपस्थितमा नाराबाजी गरिरहेका छन् ।
प्रतिक्रिया