मधेशका केहीँ ठेकेदारले भन्दैमा संविधान संशोधन नहुने नेता अधिकारीको भनाई

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार १५:४२


भक्तपुर, फागुन २३ ।
नेकपा एमालेका नेता एवं संसदीय विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताएका छन् ।

रफत सञ्चार क्लबमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार्य नभएको बताउँदै संविधान संशोधनभन्दा पहिला निर्वाचन गराउनुपर्ने बताए । निर्वाचन नगराउने सरकारको कदमलाई चीरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको उनले बताए ।

उनले एमालेलाई विकास विरोधी भन्नेहरूलाई प्रमाणित गर्न चुनौती दिँदै निर्वाचन अगाडि संविधान संशोधन कुनै पनि हालतमा नहुने बताउँदै उनले एमालेको मेची महाकाली अभियान देखेर केहीँ शक्तिहरू तर्सिएकाले अभियान बिथोल्न लागिपरेको बताए ।

संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै नेता अधिकारीले निर्वाचनमा मधेशी मोर्चा पनि सहभागी हुने बताएका छन् । मुलुकलाई अराजनीतिक कुरीतितर्फ लैजान सरकारका प्रतिनिधिहरू लागिपरेको बताउँदै अभियानलाई कसैले रोक्न खोजेमा उनीहरू मुलुक नचाहने तत्वहरू भएको बताए । प्रजातान्त्रिक पद्धतिमा हरेक राजनीतिक पार्टीलाई राजनीतिक सभा गर्ने छुट रहेको बताउँदै अभियान विथोल्न खोज्नेहरू राष्ट्र र राष्ट्रियताविरोधी भएको बताएका छन् ।

देशमा वैदेशिक हस्तक्षेप बढिरहेको बताउँदै वैदेशिक हस्तक्षेप रोकेर आफ्नै खुट्टामा उभिन नसकेसम्म राज्य सञ्चालनमा अराजकता कायम भइरहने उनले बताए । उनले सरकार हरेक पाइलामा चुकिरहेको बताउँदै राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक नियुक्त जस्ता विषयमा सरकार चुकेको टिप्पणीसमेत गरे । प्रहरी महानिरीक्षक नियुक्तिमा गाईजात्रा देखाएर सरकारले जनतालाई हँसाएर सरकार असफल भइसकेको बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....