राष्ट्रिय सेवा दलद्वारा संचालित सिनियर डिभिजन १२ औं ब्याच तालिमको दीक्षान्त समारोह सम्पन्न

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार १६:३५


काठमाडौं, फागुन २३ ।
आज मिति २०७३ फागुन २३ गते राष्ट्रिय सेवा दलद्वारा उपत्यका भित्रका नौं वटा विद्यालयहरूलाई समाबेश गराई संचालित सिनियर डिभिजन १२ औं ब्याच तालिमको दीक्षान्त समारोह राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहालको प्रमुख आतिथ्यतामा लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भव्यताका साथ सु–सम्पन्न भएको छ ।
उक्त दीक्षान्त समारोहमा काठमाण्डौं, भक्तपुर तथा ललितपुर जिल्लाको विभिन्न शाखाहरू गरी चार सय ३५ जना छात्र/छात्राहरूले दीक्षान्त कवाज प्रदर्शन गर्नुका साथै खुकुरी ड्रिल, नृत्य, तेक्वान्दो पि.टी., डेमोन्स्ट्रेशन, एरोविक्स, मास पि.टी., आईकिदो तथा सामुहिक नृत्यहरू उत्कृष्ट ढंगले प्रदर्शन गरेका थिए ।


त्यस अवसरमा राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार उपरथी श्री रमीन्द्र क्षत्री (पी.एच.डी.) ले राष्ट्रिय सेवा दलको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उहाँले राष्ट्रिय सेवा दलको तालिममा सहभागी छात्र/छात्राहरूले Basic Military Skills हरूको साथमा विपद् व्यवस्थापन, मानव सेवा, प्राथमिक उपचार लगायतका विषयहरूमा तालिम प्राप्त गरेको बताएका छन् । त्यसैगरी उहाँले दीक्षान्त समारोहमा गरिमामय उपस्थिति जनाउनु भएका राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णलाई हार्दिक कृतज्ञता ज्ञापन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री दाहालं वार्षिक सामुहिक क्याम्पमा सर्वोत्कृष्ट हुने छात्रा रिमा मिधुन मगर र सर्वोत्कृष्ट छात्र युवराज तामाङ तथा वार्षिक सामुहिक क्याम्पसमा सर्वोत्कृष्ट हुने से.मु. श्री विजेश्वरी ज्ञान मन्दिरलाई पुरस्कार प्रदान गर्नुका साथै सर्वोत्कृष्ट छात्र/छात्राहरूलाई दज्र्यानी चिन्ह, शिल्ड तथा प्रमाण–पत्र प्रदान गरेको थियो । त्यसैगरी उहाँले राष्ट्रिय सेवा दलद्वारा प्रकाशित “Coffee Table Book” को समेत विमोचन गरेको थिए । कार्यक्रमकै क्रममा राष्ट्रिय सेवादलका प्रमुख सल्लाहकार उपरथी श्री रमीन्द्र क्षत्री (पी.एच.डी.) ले सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाललाई राष्ट्रिय सेवा दलको तर्फबाट सम्मान पत्र प्रदान गरेका थिए ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री श्री दाहालले राष्ट्र विकासको मूल मेरुदण्डको रूपमा रहेका युवाहरूलाई समय सापेक्ष रूपमा अनुशासन, नेतृत्व विकास, बफादारिता, राष्ट्रिय एकता र विपद् व्यवस्थापन सम्बन्धी ज्ञान दिन सकेको खण्डमा हाल बढ्दो युवा पलायनलाई रोक्न सकिने तथा राष्ट्र विकासको लागि पर्याप्त जनशक्ति निर्माण हुने कुरा बताउँदै तालिमको दायरालाई थप फराकिलो पार्ने स्पष्ट योजनाहरूको कार्यान्वयनको लागि नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने प्रविबद्धता समेत जनाएका छन् ।

त्यसैगरि, सेवा दलको तालिमलाई लोकप्रिय र स्थापित गर्न नेपाली सेनाले खेलेको भुमिकाको उच्च प्रशंसा सहित नेपाली सेनाका वर्तमान प्रतिनिधि तथा विगतमासमेत अमूल्य योगदान दिएका सम्पूर्ण सेना प्रमुख र सकलदर्जालाई आभार व्यक्त समेत गरेका छन् ।

युवा शक्तिको महत्व तथा आवश्यकतालाई मनन गरि वि.सं. २०२२ साल कार्तिक ७ गते नेपाली सेनाको मातहतमा रहने गरि स्थापना भएको राष्ट्रिय सेवा दलले हालसम्म २६,८३८ जना छात्र/छात्राहरूलाई सफलतापूर्वक तालिम प्रदान गरिसकेको छ ।

त्यस कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राष्ट्रिय सेवा दलका सह संरक्षक माननीय रक्षामन्त्री, प्रधान सेनापति, रक्षा सचिव लगायत नेपाल सरकारका पदाधिकारीहरू, रथीबृन्द, राष्ट्रिय सेवादलका पूर्व प्रमुख सल्लाहकारहरू एवं अधिकृतहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा शिक्षक वर्गहरू, संचारकर्मीलगायत अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....