पूर्वसभासद् सबिता यादवद्वारा एमाले कार्यकर्तामाथी जुत्ता प्रहार

सुनसरी, फागुन २३ ।
संघीय समाजवादी फोरम नेपालकी नेतृ एवं पूर्वसभासद् सबिता यादवले एमालेका केहीँ कार्यकर्तामाथी जुत्ता प्रहार गरेकी छन् । सुनसरीको इनर्वामा आयोजित कार्यक्रममा सहभागिता जनाउन पुगेका कार्यकर्तामाथी उनले जुत्ता प्रहार गरेकी थिइन् ।
नेतृ यादवले कालो झण्डासमेत प्रदर्शन गरेकी थिइन् । कार्यक्रम सकाएर फर्किने क्रममा ट्रकमा गइरहेका एमाले कार्यकर्तामाथी उनले तलबाट जुत्ता प्रहार गरेकी थिइन् । ‘हामीले विरोध कार्यक्रम गरेका थियौँ, त्यसको अवज्ञा गरेको कारण त्यसरी जुत्ता प्रहार गरेकी हुँ ।’ नेतृ यादवले भनिन् । एमालेको कार्यक्रमलाई अवरोध गर्ने कार्यक्रम होइन, तर आफूहरूले गरेको कार्यक्रमको अवज्ञा एमाले पार्टीका नेताहरूले गरेको उनले बताइन् ।
एमाले मधेश विरोधी भएका कारण मधेशमा प्रवेश गर्नुको कुनै अधिकार छैन भन्दै उनले सविधान संशोधनका बाधक एमाले रहेको बताइन् ।
प्रतिक्रिया