मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीनको मृत्यु, दर्जनौं घाइते (अपडेट)

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार १९:५३


सप्तरी, फागुन २४ ।
नेकपा (एमाले)को मेची–महाकाली जागरण अभियानअन्र्तगत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभा बिथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्तामाथी प्रहरीले गोली प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी मलेठ–२ का २३ वर्षीय सञ्जन मेहता, जोलहरी मलेठ–४ का ५० वर्षीय पीताम्बरलाल मण्डल र प्रस्वनी गाविस घर भई राजविराज–९ मा बस्दै आएका ३४ वर्षीय आनन्द साह रहेका छन् । मेहताको घटनास्थलमै तथा मण्डल र साहको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलकाअनुसार प्रहरीको गोली लागेर घाइते भएका अन्य सात जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको पेटमा गोली लागेको बताइएको छ । प्रहरीको गोली लागेर दीगम्बर यादव, दिलीप यादव, सुरेन्द्र मण्डल, प्रमोद मण्डल, जितेन्द्र साह, इन्द्र नारायण साह र वीरेन्द्र महतो गम्भीर घाइते भएका छन् ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेता केपी शर्मा ओलीले सम्बोधन गरिररहेकै बेला गोली चलेको थियो । मधेशी मोर्चाका कार्यकर्ताले प्रहरीमाथी ढुङ्गा प्रहार गरी कार्यक्रम बिथोल्न खोज्दा स्थिति नियन्त्रणमा लिनका लागि गोली चलाउनुपरेको प्रहरीले बताएको छ । भीड तितरबितर पार्न प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको थियो ।

र यो पनि…
http://पूर्वसभासद् सबिता यादवद्वारा एमाले कार्यकर्तामाथी जुत्ता प्रहार

एमालेको कार्यक्रमस्थलबाहिर बिहानैदेखि प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्तासँग झडप भएको प्रहरीले जनाएको छ । एमालेको सभास्थल वरीपरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सप्तरीमा हुने एमालेको सभालाई मध्यनजर गर्दै नेपाल प्रहरीका १२ सय र सशस्त्रका चार सय गरी १६ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....