एमालेको मेची–महाकाली अभियान तीन दिनका लागि स्थगित

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलवार ०८:०५


काठमाडौं, फागुन २४ ।
प्रमुख विपक्षी दल नेकपा (एमाले)को ‘मेची–महाकाली राष्ट्रिय अभियान’को विरोधमा प्रदर्शनमा उत्रिएका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा सोमबार साँझ प्रहरीको गोली लागी मोर्चाका तीन जना कार्यकर्ताको मृत्यु भएपछि त्यसलगत्तै एमाले स्थायी कमिटीको आकस्मिक बैठक बसेर अभियान तीन दिनका लागि स्थगित गरेको छ ।

सोमबार एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । सप्तरीको राजविराजमा भएको झडपका क्रममा मधेशी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

कार्यक्रमको अन्तिमतिर मोर्चाका कार्यकर्ताले गुलेली र पेट्रोल बमले समेत आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीबाट गोली चलेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्टराईले जानकारी दिए ।

मोर्चाका कार्यकर्ताको आक्रमणबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरीले जनाएको छ । झडपकै क्रममा मधेशी मोर्चाका कार्यकर्ताले प्रहरीको एक थान सञ्चार सेट समेत खोसेर लगेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....