फोरम र मोर्चाका गरी १३ कार्यकर्ता पक्राउ, प्रहरी चेक पोष्टमा आगजनी

लहान, फागुन २४ ।
सप्तरी घटनाको विरोधमा बजार बन्द गराउँदै हिँडेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका १३ कार्यकर्तालाइै प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायतका रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, मोर्चाका कार्यकर्ताहरूले सप्तरीको भारदहस्थित सशस्त्र प्रहरीको चेक पोष्टमा आगजनीसमेत गरेका छन् । उक्त चेक पोष्टमा प्रहरी भने नरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया