संघीय गठबन्धनद्वारा २७ गते नेपाल बन्द, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलवार १८:१२


काठमाडौं, फागुन २४ ।
संघीय गठबन्धनद्वारा आउँदो २७ गते शुक्रबार नेपाल बन्द गर्ने घोषणा गरेको छ । उपेन्द्र यादव नेतृत्वको गठबन्धनले सोमबार सप्तरीमा भएको घटनाको विरोधमा २६ गते ७५ वटै जिल्लाकै सदरमुकाममा आन्दोलन स्वरूप विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी, वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनका लागि ७ दिने अल्टिमेटमसमेत दिएको छ । संघीय समाजवादी फोरमको पार्टी कार्यालय तीनकुनेमा आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र भोलि बुधबार सरकारलाई बुझाउने निर्णय गरेको छ ।
त्यसैगरी, सप्तरी घटनामा ज्यान गुमाएका आफन्तहरूलाई क्षतिपूर्तिसहित मृतकहरूलाई शहीद घोषणा र घाइतेहरूलाई निःशुल्क उपचारको माग गर्दै निर्वाचनको मिति फिर्ता लिन पनि सरकारसँग गठबन्धनले माग गरेको छ ।

यसैबीच, मधेशी मोर्चा सप्तरीले भने एमाले समर्थकलाई सामाजिक बहिष्कारको चेतावनी दिएको छ । आज सदरमुकाम राजविराजमा बसेको मोर्चाको बैठकले सोमबार प्रहरीको गोलीबाट मारिएका तीन जनालाई शहीद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन र घाइतेहरूको उपचार व्यवस्था गर्न माग गरेको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश यादवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरीका एसपीलाई निलम्बन गर्नुपर्ने र घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरी दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने सरकारसँग माग छ ।’


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....