माओवादी केन्द्र र अग्रगामी संघीय मोर्चाबीच एकता

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार १७:२२


काठमाडौं, भाद्र २७ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र अग्रगामी संघीय मोर्चाबीच एकतासँगै ध्रुवीकरण कार्यक्रम आज काठमाडौंस्थित जमलमा रहेको नाचघरमा भएको छ ।

पार्टी प्रवेश गरेका अग्रगामी संघीय मोर्चाका कार्यकर्ताहरूलाई कार्यक्रमका मूख्य अतिथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका लगाइ पार्टी प्रवेश गराएका हुन् ।

अध्यक्ष प्रचण्डले सुतिइ रहेकाहरू आखाँ खोलेर गन्तव्यमा आएका अग्रगामी संघीय मोर्चालाई धन्यबाद दिँदै, एकता नै शक्ति भएको र एकता नै विजयको सूचक भएको बताए ।

सुतिरहेकाहरू अब आखाँ खोलेर पार्टी एकताको बाटोमा आउने बताउँदै आफू आफू नै छुट्टेर केही पनि उपलब्धि हासिल गर्न नसक्ने उनले बताए । एकता भए मात्र राम्रा कामहरू अघि बढ्ने र शक्ति नाश नहुने भएकाले एकता नै शक्ति भएको उनको भनाई छ ।

उनले एकताले अब हुने चुनावमा थप उर्जा मिल्ने र चुनावको नतिजा राम्रो हुने कुरामा जोड दिएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

अन्ततः राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई पनि ३ लाख धराैटीमा छाड्न आदेश

काठमाडाैं, असार ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई.....