साँझ बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित

काठमाडौं, फागुन २४ ।
आज साँझ सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज साँझ एक ट्वीटमार्फत् ‘विशेष कारणवश’ मन्त्रिपरिषद्को बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
सप्तरीमा सोमबार तीन जनाको ज्यान जाने गरी घटना घटेपछि सोही सन्दर्भमा बस्न लागेको भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको हो ।
प्रतिक्रिया