सर्वोच्चद्वारा डिआइजी सिलवालको मुद्दा खारेज

काठमाडौं, भाद्र २७ ।
सर्वोच्च अदालतले आज प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले दायर गरेकोे रिट निवेदन खारेज गरको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी सिलवालको रिट खारेज गरेको हो । सरकारले चार वर्षका लागि प्रहरी महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालको नियुक्ति कानुनसम्मत देखिएकाले सिलवालको रिट अगाडि बढाउन आवश्यक नभएको समेत सर्वोच्चले ठहर गरेको छ ।
सिलवालको मुद्दामा प्रधानन्यायाधीश पराजुली, न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह रावत र पुरुषोत्तम भण्डारीको बृहद् पूर्ण इजलासले फैसला गरेको हो ।
प्रतिक्रिया