दशैँ फुटबल टुर्नामेन्ट-२०७४: बी एण्ड बी इन्टरप्राइजेज सेमिफाइनलमा प्रवेश

काठमाडौं, भाद्र २७ ।
नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नं. ७ को मुख्य आयोजनामा क्षेत्रपाटीको धोविचौरस्थित फुटबल मैदानमा जारी रहेको ‘दशैँ फुटबल टुर्नामेन्ट-२०७४’ अन्तर्गत भएको क्वाटरफाइनल खेलमा पकनाजोल फुटबल क्लबलाई हराउँदै बी एण्ड बी इन्टरप्राइजेज सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार साँझ भएको तेश्रो क्वाटरफाइनल खेलमा पकनाजोल फुटबल क्लबलाई ६-० को फराकिलो गोल अन्तरले हराउँदै बी एण्ड बी इन्टरप्राइजेजले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ।
बी एण्ड बी इन्टरप्राइजेजका लागि बिजय र महेन्द्र गुरुङले २-२ गोल गरेका थिए भने बिजय गुरुङ र सगर घिमिरेले १-१ गोल गरेका थिए।
यस जित पश्चात बी एण्ड बी इन्टरप्राइजेजले फाइनलमा आफ्नो स्थान बनाउनको निम्ति शुक्रबार बब्लु जेम्ससँग प्रतिस्पर्धा गर्ने भएको छ।
त्यसैगरी, बुधबार साँझ हुने अन्तिम क्वाटरफाइनल खेलमा वडा नं. १७ र फुटसल फ्याक्ट्री सेमिफाइनलको लागि भिड्ने छन्।
आयोजककाअनुसार यस टुर्नामेन्टको सेमिफाइनल खेलहरू शुक्रबार र शनिबार खेलाईने छन् भने फाइनलको खेल आश्विन ५ गते अर्थात् घटस्थापनाको दिन पूर्व उप-प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा खेलाईने छ।
प्रतिक्रिया