अध्यक्ष दाहालकाे प्रतिबद्धता : ‘मधेशीको हक अधिकारका लागि माओवादी’

सप्तरी, भाद्र २८ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी परिर्वतनको सम्वाहक रहेकाले प्रदेश नं. २ मा आफ्नो पार्टीलाई विजय गराउन आग्रह गरेका छन् ।
उनले सप्तरीको राजविराजमा पार्टीका कार्यकर्ता तथा प्रदेश नं. २ अन्तर्गत सप्तरीका स्थानीय तहका उम्मेदवारहरूसँगको मंगलबार भेटघाटका क्रममा मधेशीको हकहित र अधिकारको लागि आफ्नो पार्टी सदैव लड्ने र लागि पर्ने भएकाले मधेशी जनताले आफ्नो पार्टीलाई बिर्सन नहुने बताए ।
उनले मधेशको पक्षमा वकालत गर्ने ठूला पार्टीहरू नै मधेशको विरोधी रहेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्ताहरू मधेशका जनताबीच पार्टीको एजेण्डा लिएर जानुपर्नेमा जोडसमेत दिएका छन् ।
प्रतिक्रिया