डीआइजी सिलवालद्वारा नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार ०६:३९


काठमाडौं, भाद्र २८ ।
प्रहरी नायब महानिरीक्षक (डीआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उनले दायर गरेको रिट निवेदन मंगलबार खारेज भएपछि प्रेस विज्ञप्ति जारी गरी सिलवालले हिजोका मितिबाट प्रहरी संगठनबाट अलग हुने घोषणा गरेका हुन् ।

आफू कानूनको रक्षकका रूपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै उनले सरकारले विश्वास नगरे पनि जनता र जवानहरू माझ आफ्नो छबी कायम भएको दाबीसमेत गरेका छन् ।

उनले भने, ‘प्रहरीमाथी राजनीति गर्ने वा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन ।’


प्रतिक्रिया

ताजा खबर

More

अन्ततः राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई पनि ३ लाख धराैटीमा छाड्न आदेश

काठमाडाैं, असार ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई.....