प्रदेश नं. २ मा माओवादीले कम्तीमा ५० सिट जित्ने नेता पौडेलको भनाई

जितपुर, भाद्र २९ ।
बारा जिल्लाको सिमरा जितपुर उपमहानगरपालिकाका मेयरका उम्मेद्धवार राजन पौडेलले आफ्नो जित सुनिश्चित भईसकेको दाबी गरेका छन् ।
आज एक कार्यक्रममा बोल्दै मेयरका उम्मेद्धवार पौडेलले आफ्नो विजयी सुनिश्चित भईसकेको बताएका हुन् । उनले भने, ‘यहाँ मेरो विजयी सुनिश्चित भैसकेको छ, यो उपमहानगरपालिकाको लागी मैले जति कसैले पनि काम गरेकै छैन ।’
पत्रकार ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूले चुनाव जिते एक वर्षसम्म आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने विश्वास दिलाएका छन् ।
त्यस्तै उनले जीतपुरमा कांग्रेस, एमाले, राजपा कुनैपनि पार्टीको प्रभाव नरहेको र जनताको लागी माओवादी केन्द्रले मात्रै काम गरेको ठोकुवा गरेका छन् ।
कार्यक्रममा मओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले प्रदेश नं. २ मा कम्तिमा ५० सिट जित्ने ठोकुवा गरे ।
उनले स्थानीय तहका पहिलो र दोस्रो चरणको निर्वाचनभन्दा तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले धेरै प्रगति गर्ने विश्वास दिलाए ।
उनले एमालेलाई मधेश विरोधी पार्टीको संज्ञा दिँदै एमालेको हल्लाखल्ला देखावटी मात्र भएको बताएका छन् ।
प्रतिक्रिया