मधेशी मोर्चाका कार्यकर्ताद्वारा निर्वाचन आयुक्त यादव र एमाले नेताका घरमा तोडफोड

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार १४:५३


राजविराज, फागुन २५ ।
सोमबार सप्तरीमा भएको झडपका क्रममा आफ्ना चार कार्यकर्ताको ज्यान गएपछि थप आक्रोशित बनेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरूले आज पनि निर्वाचन आयुक्त प्रमुख डा. अयोधीप्रसाद यादवको घरमा तोडफोड गरेका छन् ।

राजविराज–९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताहरूले तोडफोड गरेको प्रहरीले जनाएको छ । कडा सुरक्षाको बाबजुत पनि आन्दोलनकारीले प्रमुख आयुक्त यादवको घरमा ढुङ्गामुढा गर्दा झ्याल र ढोकाको सिसामा क्षति पुगेको प्रहरीले जनाएको छ । आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादवविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।

यसैगरी, मोर्चाका कार्यकर्ताहरूले व्यवस्थापिका संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाको राजविराज–९ स्थित सम्पर्क कार्यालयामासमेत तोडफोड गरेका छन् झा एमालेकी सांसद्समेत थिइन् ।

तोडफोडबाट भाडामा रहेको उक्त कार्यालयको झ्याल ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ । आन्दोलनको तेश्रो दिन अत्यन्त आक्रमक रूपमा प्रस्तुत भएका मधेशी मोर्चाका कार्यकर्ताले एमाले सर्मथक एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य कामानन्द देवद्वारा सञ्चालित राजविराज–९ तेतरी गाछीस्थित ‘लिटिल फ्लावर’ सेकेण्डरी स्कूलमा पनि तोडफोड गरेका छन् । स्कूलमा रहेका कुर्सी, टेबुल, झ्याल ढोकालगायतका फर्निचर तोडफोड गरिएको बताइएको छ ।

त्यसैगरी, राजविराज–५ स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा रहेको पार्टीको झण्डा झिकेर जलाई दिएका छन् । त्यस्तै स्थानीय तह निर्वाचनको विरोध गर्दै मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालयमासमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ । तोडफोडका कारण कार्यालयको साइनबोर्ड तथा झ्याल र ढोकामा क्षति पुगेको छ । यस्तै नेकपा (एमाले)का केन्द्रीय सदस्य सुमन प्याकुरेलको राजविराज–४ स्थित घरमा पनि आन्दोलकारीले ढुङ्गामुढा गरी क्षति पुर्‍याएको स्थानीय प्रहरीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....