समृद्ध वीरगन्जका लागि समग्र विकास गरिने प्रतिबद्धता

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार १८:०३


वीरगन्ज, भाद्र ३० ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर भए पनि मधेशी जनताको अधिकार दिलाउन कांग्रेसले कुनै कसर नछाड्ने बताएका छन् ।

पर्साको वीरगन्जस्थित रातोबंगला चौरमा आयोजित कांग्रेसको चुनावीसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रदेश नं २ हुन लागेको स्थानीय चुनाव मधेशी जनताको अधिकारसँग जोडिएकाले अत्यधिक मतले कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले जनतालाई सर्वसत्ता सम्पन्न बनाउन कांग्रेस अग्रसर छ भन्दै नेकपा (एमाले)का कारण संविधान संशोधन प्रस्ताव पारित हुन नसकेको बताए । उनले प्रदेश नं २ को आर्थिक नगरी वीरगन्ज देशको मुख्यद्वार भएकाले भोलिका दिनमा समृद्ध वीरगन्जका लागि समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेसका महासचिव डा.शशांक कोइरालाले संविधान संशोधन गरी मधेशी जनताको अधिकार सुनिश्चित गर्न र समृद्ध नेपाल बनाउन कांग्रेसलाई अत्यधिक मतले जिताउनुपर्नेमा जोड दिए । सो चुनावीसभा कांग्रेसका पर्सा सभापति तथा वीरगन्ज महानगरपालिका प्रमुख पदका उम्मेदवार अजयकुमार द्विवेदीको सभापतित्वमा भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....