नियम बदलिए पनि कर्मचारीको कार्यशैलीमा परिवर्तन भएन : मन्त्री विक

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार ०६:५०


काठमाडौं, भाद्र ३१ ।
बाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनले विधि, व्यवस्था, नियम र संविधानसमेत बदलिएको भए पनि कर्मचारीको कार्यशैलीमा परिवर्तन नआएको गुनासो गरेका छन् ।

नेपाल पारबहन तथा गोदाम व्यवस्था क. लि. को ४७ औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उनले कार्य सम्पादनमा हुने ढिलासुस्तीले सरकारको अनुदानमा सञ्चालन भएका अधिकांश संस्थाले अपेक्षाकृत लक्ष्य पूरा गर्न नसकेको उल्लेख गरे ।

मुलुकको भौगोलिक अवस्थाका आधारमा सन्तुलित व्यापार नीति बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “संविधान कार्यान्वयनका लागि करिब ३०० ऐन, नियम, निर्देशिका, कार्यविधि बन्ने क्रममा छ । केही शक्तिशाली व्यक्तिले आफू अनुकूल ऐन, नियम बनाउन चाहेका छन्, त्यसको विरोध गर्नुपर्छ ।”

बाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले बाणिज्य क्षेत्रले अवलम्बन गर्ने राम्रा नीतिका कारण मुलुकमा व्यापार घाटा न्यूनीकरण गर्न सकिने विचार व्यक्त गरे ।

बाणिज्य सचिव चन्द्रकुमार घिमिरे, पूर्वसचिव सुरेशमान श्रेष्ठ, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष भीमबहादुर रावल, नेपाल कार्गो व्यावसायी संघका अध्यक्ष प्रकाशसिंह कार्की लगायतले समय सापेक्ष जनशक्ति व्यवस्थापन गरी संस्थाले निजी क्षेत्रभन्दा राम्रो र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....