प्रधानमन्त्री देउवाद्वारा उदयपुरको साउने–धाप्लाङ्ग–दूधकोशी पुल शिलान्यास

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार १५:३८


उदयपुर, भाद्र ३१ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको आज एक समारोहकाबीच शिलान्यास गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सो पुलको निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको बताएका छन् ।
उनले पूर्वी पहाडी क्षेत्रको यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पु¥याउने र यसलाई अब सबैले सकारात्मक रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

उक्त पुलको लम्बाइ दुई सय मिटर रहेको छ भने चौडाइ साढे दश मिटर रहेको चौदण्डी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङले बताए ।

उक्त पुल राष्ट्रिय योजना आयोगको रु.२२ करोड २५ लाखको लागतमा निर्माण हुनगइरहेको छ भने पुलको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडौंले निर्माण कार्य सुरु गर्न लागेको हो ।

२०७६ साल चैत्रमा उक्त पुलको निर्माण कार्य पूरा हुने बताइएको छ । उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले समेत सम्बोधन गरेका थिए ।

आजै प्रधानमन्त्री देउवाले उदयपुरको त्रियुगा नगरपालिका १४ को खाँबुको धाप्लाङटार खोटाङ सडकखण्डको सुनकोशी नदीमापर्ने अर्को सुनकोशीको पुलको पनि शिलान्यास गर्न लाग्नु भएको कुरा नेपाली कांग्रेस उदयपुरका पूर्व सभापति हिमाल कार्कीले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....