पूर्वप्रधानमन्त्री नेपाल र प्रमुख निर्वाचन आयुक्त डा. यादवद्वारा मतदान

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार ०८:३१


काठमाडौं, असोज २ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत तेश्रो चरणको मतदान अहिले जारी रहेको छ । मतदान बिहान ७ बजेबाट सुरु भएर साँझ ५ बजेसम्म जारी रहने छ ।

मतदान अहिले शान्त वातावरणमा जारी रहेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिएका छन् ।

यसैबीच, रौटहतको गौर नगरपालिकामा जारी रहेको मतदानमा नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौटहतको गौर नगरपालिकाको राजजानकी मतदान केन्द्रबाट मतदान गरेका छन् । यस्तै, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सप्तरीको राजविराज–२ मा रहेको गौर नगरपालिकास्थित राजजानकी मतदान केन्द्रबाट मतदान गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....