मधेशको अधिकारका लागि लड्ने राजपाका अध्यक्ष ठाकुरद्वारा मतदान बहिष्कार

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार १३:०५


काठमाडौं, असोज २ ।
प्रदेश नं. २ को तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आठ वटै जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरूपमा मतदानको कार्य सुरु भएको छ । मतदानमा जनताहरूले हर्षोल्लासका साथ बिहान ५ बजेदेखि नै लामबद्ध भई उत्साहजनक सहभागिता जनाइरहेका छन् ।

बीस वर्षको प्रतीक्षापछि जारी मतदानमा स्थानीयहरू आ–आफना उम्मेदवारहरूलाई जिताउन मतदान गर्न लागेका छन् भने उता मधेशको अधिकारका लागि लड्ने पार्टी भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने मतदान बहिष्कार गरेका छन् ।

उनी अहिले भक्तपुरस्थित आफ्नै निवासमा छन् । ठाकुर मतदानको अघिल्लो दिन हिजो आईतबार साँझमात्रै काठमाडौं आएका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....