प्रम देउवाले फेरि दुई राज्यमन्त्री थप्यो, जम्बो मन्त्रिमण्डलको संख्या ५६

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार १४:३२


काठमाडौं, असोज २ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ५४ सदस्यीय मन्त्रीमण्डल गठन गर्दापनि पूर्णता पाउन नसकेपछि फेरि २ जना राज्यमन्त्री थपिएका छन् । जम्बो मन्त्रीमण्डल बनाएकोमा चर्को आलोचना भइरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट दुईजना राज्य मन्त्री थपेका हुन् ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकबाट कमला शर्मा र बिराज विष्टलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो । दुवैजना राप्रपा प्रजातान्त्रिकमा पनि असन्तुष्ट समूहका सांसद थिए ।

उनीहरूले यसअघि दिपक बोहोरा, विक्रम पाण्डे र सुनिल थापालाई मन्त्री बनाउँदा तीब्र असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरिने चेतावनी दिएका थिए । यसअघि ५४ सदस्यीय रहेको देउवा मन्त्रिमण्डल यो विस्तारसँगै ५६ सदस्यीय पुगेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....