प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अब कसैले रोक्न सक्दैन : कानुनमन्त्री थापा

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार १७:२६


पोखरा, असोज २ ।
कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताएका छन् ।

पोखरा–लेखनाथ नगर होटल रेष्टुरेन्ट तथा बार एशोसिएशन (सिटी रेवान) पोखराले प्रदर्शनी केन्द्रमा आजदेखि सञ्चालन गरेको छैठौँं सिटी रेवान महोत्सव तथा खाद्य मेलाको उद्घाटन गर्दै यी दुई निर्वाचन सम्बन्धी कानून बनाएर निर्वाचन आयोगलाई दिइसकिएकाले निर्वाचन सुनिश्चित जस्तै भएको धारणा राख्नुभयो ।

मन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि राष्ट्रपति, उप–राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुने भएकोले कानून मन्त्रालयले यिनीहरूको निर्वाचन सम्बन्धी कानून बनाउनेतिर ध्यान दिएको बताए । पोखरा सुन्दर र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय नगर भएको उल्लेख गर्दै उनले नगर रेष्टुरेन्टले स्वादिष्ट र स्वस्थ्यकर खानाका परिकार खुवाएर विदेशी पाहुनालाई सधँै आउँ/आउँ जस्तो पार्नुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरामा हुने गरेका मेला र महोत्सवले स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सिटी रेवान पोखराका कार्यबाहक अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–क्षेत्रीय प्रशासक झलकराम सुवेदी, पूर्व अध्यक्ष चिरन्जीवी श्रेष्ठ, केपी शर्मा पाध्य, (एमाले)का सचिव दामोदर बैरागी, उपभोक्ता मञ्चका अध्यक्ष कपिल कोइराला र गायक पुरुषोत्तम न्यौपाने लगायतका वक्ताले आ–आफ्नो धारणा राखका थिए ।

असोज ११ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा उपभोक्तालाई आवश्यक दैनिक उपभोग्य वस्तुलगायत खसी बोका र च्यांग्राको बिक्री वितरण गरिने छ । महोत्सवमा राष्ट्रियस्तरका कलाकारद्वारा दोहोरी गीत, गृहिणी एकल नृत्य, रत्यौली गीत, ढिडो खाने र भाले छोप्नेजस्ता प्रतियोगिता गरिने छ । महोत्सवमा १२५ वटा कक्ष राखिएको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....