राष्ट्रपति भण्डारीद्वारा रत्न राज्यलक्ष्मी मावि भवनको उद्घाटन

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार १९:२३


काठमाडौं, असोज २ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनःनिर्माण गरिएकोे रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय भवनको आज उद्घाटन गर्नुभएको छ ।

नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंह, राधेश्याम अधिकारीलगायत करिब चार सय दाताबाट संकलित रु.एक करोड ११ लाखबाट आठकोठे भवन निर्माण गरिएको हो । सो विद्यालयमा दुई हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

वि.सं २०६६ देखि अंग्रेजी माध्यममा पनि पढाइ सुरु गरिएको उक्त विद्यालयमा यस पटकको एसइइ परीक्षामा ४० विद्यार्थी ए प्लसमा उत्तीर्ण भएका थिए । सांसद नवराज शर्मा, अफिलाल ओखेडालगायत सांसदका छ छोराछोरी उक्त विद्यालयमा अध्ययनरत रहेको जनाएको छ ।

उक्त विद्यालयमा सरकारीस्तरबाट उपलब्ध नयाँ भवनको आजै शिलान्यास गरिएको छ । एशियाली विकास बैंकको सहयोगमा प्रथम चरणमा नौ तथा दोस्रो चरणमा छ कोठे भवनको निर्माण गरिने छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रत्येक शैक्षिक संस्थामा पोषण र स्वास्थ्य शिक्षाका बारेमा सचेतना फैलाउन आवश्यक रहेको बताउ । उनले मुुलुकको सामाजिक–आर्थिक रूपान्तरण गरी समृद्ध नेपाल निर्माणको अभिभार पूरा गर्न चाहिने दक्ष जनशक्ति उत्पादनका लागि सबै शैक्षिक संस्थालाई कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेता सिंह र अधिकारीले विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

विद्यालयका प्रअ डा.गीता शिवाकोटी खरेलले भूकम्पका कारण दयनीय सो विद्यालयको पुनःनिर्माणमा बानेश्वरका बासिन्दा, विभिन्न संघसंस्था, सांसदलगायतको सहयोग प्राप्त भएको बताए । उनले उक्त विद्यालयमा आगामी दिनमा विज्ञान संकाय पनि सञ्चालन र विभिन्न जिल्लाबाट आएका विद्यार्थीका लागि छात्रावासको व्यवस्था गरिने योजना रहेको जानकारी दिए । कार्यक्रममा विद्यालय पुनःनिर्माणमा सघाउने २४ व्यक्तित्वलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

अन्ततः राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई पनि ३ लाख धराैटीमा छाड्न आदेश

काठमाडाैं, असार ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई.....