सप्तरी घटनामा एमालेका कार्यकर्तालाई कांग्रेसले जोगाएको नेतृ कोइरालाको दाबी

भक्तपुर, फागुन २६ ।
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमतिबिना स्थानीय निर्वाचन सम्भव नहुने बताएकी छन् । रफत सञ्चार क्लबद्वारा आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले भनिन्, ‘दलहरूको सहमति बिना घोषणा गरिएको निर्वाचन सम्भव हुँदैन, दलहरूबीचको मतभेद्का कारण देशमा समस्या आइरहेको र अन्तर्राष्ट्रियस्तरमा बदनामी भईरहेको छ ।’
सप्तरीमा भएको घटनालाई लिएर उनले सरकारलाई दोष दिँदै कुनै पनि पार्टीले शान्तिपूर्ण सभा समारोह गर्न पाउने बताउँदै उनले एमालेका नेता कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताले संरक्षण गरेर जोगाएको समेत दाबी गरेकी छन् ।
सरकार गठन र विघटनभन्दा पनि राष्ट्रिय राजनीतिको समस्या हल गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने कुरा बताइन् ।
प्रतिक्रिया