नेपाली कांग्रेस संस्थागत ढङ्गले चल्न सकेन : नेता सिंह

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार १५:००


काठमाडौं, असोज ४ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस नागार्जुन नगरपालिकाले आज आयोजना गरेको ‘दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान एवं चियापान’ कार्यक्रममा नेता सिंहले मंसिरमा हुन लागेको निर्वाचनमा कांग्रेसलाई निर्वाचित गराउन आग्रह गरेको हो । निर्वाचनका लागि पार्टीले तय गरेको उम्मेदवारको पक्षमा भोट माग्नुहोस् र जिताउनुहोस्, नेता सिंहले भने ।

नेता सिंहले कांग्रेस नेतृत्वको सरकारको पालामा जारी भएको संविधानको आधारमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन लागेको भन्दै कांग्रेसको पक्षमा भोट माग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता सिंहले कांग्रेसले गरेका कामहरू आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताए ।

कांग्रेस पूर्वमहामन्त्री सिंहले पार्टी नेतृत्व संस्थागत ढङ्गले चल्न नसक्दा कार्यकर्ताप्रति निराश उत्पन्न हुँदै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....