मन्त्रिपरिषद् विस्तार : पाण्डे र शाही बाहिर राप्रपाबाट थापा र गिरी भित्र

काठमाडौं, फागुन २६ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तारका क्रममा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्री नियुक्त गरेका छन् ।
माओवादी केन्द्रको कोटाका स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई फिर्ता बोलाएर सो मन्त्रालय थापालाई दिइएको हो । यस्तै, नेपाली कांग्रेसको कोटाका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई फिर्ता बोलाएर उनको स्थानमा राप्रपाकै दिलनाथ गिरीलाई पर्यटनमन्त्री बनाइएको छ ।
नवनियुक्त मन्त्रीहरूको आज साँझ साढे ६ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । यद्यपि प्रधानमन्त्रीसँग पशुपंक्षी विकास र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी नै रहेको छ ।
प्रतिक्रिया