एयरपोर्ट नजिक डरलाग्दो सडक दुर्घटना

काठमाडौं, असोज ४ ।
काठमाडौंको सिनामंगलमा आज दिउँसो एक डरलाग्दो सवारी दुर्घटना भएको छ । तीब्र गतिमा एयरपोर्टबाट सिनामंगलतर्फ जाँदै गरेको एक कार दुर्घटनामा परेको हो ।
कार सडक किनारमा रहेको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । चालकले मदिरा सेवन गरेको प्रत्यक्षदर्शीले बताए ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई क्षत विक्षत भएको कारबाट बाहिर निकाल्न प्रत्यक्षदर्शी, ट्राफिक र नेपाली सेनालाई हम्मे–हम्मेसमेत परेको थियो । कारबाट निकाल्ने बित्तिकै घाइतेहरूलाई नजिकैको अस्पताल पुर्याइएको थियो ।
राजधानीमा पछिल्लो समया सवारी दुर्घटना र यसबाट हुने मानव क्षतिको जोखिम बढिरहेको छ । अव्यवस्थित ट्राफिक व्यवस्थापन, सचेतनाको कमी र मापसे सेवन जस्ता कारणले सवारी दुर्घटनासँगै मानवीय क्षतिको जोखिम बढ्ने गरेको पाइन्छ ।
प्रतिक्रिया