समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा लागु गरिनुपर्छ : नेता पौडेल

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार १९:१९


ललितपुर, असोज ४ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा लेखिएका समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा लागु गरिनुपर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति संघद्वारा आज आयोजित ‘संविधानमा आदिवासी जनजातिको हक, अधिकार र नेपाली कांग्रेसमा जनजातिको भविष्य’ विषयक गोष्ठीमा उनले उत्पीडित वर्गलाई समावेश गरेर माथि उठाउने सिद्धान्त कांग्रेसले मात्र अवलम्बन गरेको दाबी गर्नुभयो ।

जनजाति वर्गको उत्थानका लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गरिरहेको उनको भनाइ थियो । उनले देशलाई आर्थिक रूपले सवल बनाउन कृषि क्रान्ति गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । समावेशीको सिद्धान्तलाई व्यवहारमा ल्याउन संसदीय प्रणाली नै उचित रहेको नेता पौडेलको भनाइ थियो ।

नेपाली कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले समावेशी र समानुपातिक प्रणाली राज्यको हरेक निकाय तथा पार्टीको सबै तह र तप्कामा कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको उत्थानका लागि पार्टी र राज्यले समावेशीको सिद्धान्तलाई मजबूत किसिमले लागु गरिनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....