जाजरकोट बस दुर्घटना : मृत्यु हुनेको संख्या अठार पुग्यो

जाजरकोट, फागुन २६ ।
जाजरकोटमा आज दिउँसो भएको बस दुर्घटना परी मृत्यु हुनेहरूको संख्या १८ पुगेको छ भने ४० जनाभन्दा बढी घाइते भएका छ ।
घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीयबासी मिलेर मृतक र घाइतेहरूको उद्दार कार्यमा खटिरहेका छन् । जाजरकोट सदरमुकाम खलङ्गाबाट साल्मा–५ खाँडा बजार जाँदै गरेको ना. ३ ख २२७९ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको हो । दुर्घटनामा परेर घाइते भएका १३ जनालाई उपचारका लागि जिल्ला अस्पताल खलङ्गा लगिएको छ । बसमा ४३ जना यात्रु सवार रहेका थिए ।
घटनाबारे थप विवरण आउन अझै समय लाग्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया