शीतल निवासमा तीन नयाँ मन्त्रीले खाए सपथ, को–को हुन् ?

काठमाडौं, फागुन २६ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज पुनः मन्त्रिपरिषद्को विस्तार गरेका छन् । उनले तीन जना मन्त्री थपेर मन्त्रिपरिषद्को विस्तार गरेका हुन् । योसँगै मन्त्रीमण्डल संख्या ४६ सदस्यीय भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा आज साँझ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकासमन्त्री, दिलनाथ गिरी संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री र परशुराम तामाङले राज्यमन्त्रीको रूपमा सपथ खाएका हुन् ।
यसैबीच, स्थानीय विकासमन्त्रीमा हितराज पाण्डेलाई सरुवा गरिएको छ । यस्तै पर्यटन मन्त्रालय सम्हाल्दै आएका जीवनबहादुर शाहीलाई अर्को मन्त्रालय दिने तयारीसमेत रहेको छ ।
विज्ञान तथा प्रविधि र पशुपंक्षी विकास मन्त्रालय प्रधानमन्त्री दाहाल स्वयम्ले सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया