एसएसबीद्वारा पुनः नेपाली भूमिमा हवाई फायर र अश्रु ग्याँस प्रहार

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार १४:२१


काठमाडौं, फागुन २७ ।
एसएसबीले बिहीबार गोली हानी पुनर्बास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको ज्यान लिएको २४ घण्टा पनि बित्न नपाउँदै आज पुनः कञ्चनपुरको आनन्द बजारमा अश्रु ग्याँस र हवाई फायर गरेको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबी नेपाली भूमिमा निर्वाध रूपमा प्रवेश गरेर नौ राउण्ड हवाई फायर गर्नुका साथै चार राउण्ड अश्रु ग्याँससमेत प्रहार गरेको छ ।

अहिलेसम्म मानवीय क्षति भए नभएको विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....