६५ स्थानीय तहको मत परिणाम सार्वजनिक : निर्वाचन आयोग

काठमाडौं, असोज ६ ।
यहीँ असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६५ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेसका २४, नेकपा (माओवादी केन्द्र) १४, संघीय समाजवादी फोरम नेपालका ११, राष्ट्रिय जनता पार्टी नेपालका ११, नेकपा (एमाले)का सात, नेपाल लोकतान्त्रिक फोरमका दुई र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी भएका छन् ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतगणना बाँकी रहेका ६९ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्ण रूपमा जारी छ ।
प्रतिक्रिया