एमाले अध्यक्ष ओलीद्वारा चुनावी योजना प्रस्तुत

प्रकाशित मिति: ७ आश्विन २०७४, शनिबार ०७:५५


काठमाडौं, असोज ७ ।
नेकपा (एमाले) को शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राष्ट्रिय राजनीति र आगामी चुनावी योजनासम्बन्धी समसामयिक राजनीतिक प्रतिवेदनमा छलफल गर्न समूह गठन गरिएको छ ।

सात प्रदेश र मोर्चा संगठनका लागि एक गरी आठ समूह गठन गरिएको हो । सो प्रतिवेदन अध्ययनपछि ती समूहले आजको बैठकमा छलफल हुने पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष ओलीको प्रतिवेदनमा आफ्नो पार्टीको दबाबकै कारण स्थानीय तहको निर्वाचन सम्पन्न भएको तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषित मितिमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने अडान व्यक्त गरिएको छ ।

योजनामा आगामी निर्वाचनमा सबै तहमा एमालेलाई पहिलो र बहुमतसहितको शक्ति बनाउन केन्द्रित हुनुपर्ने उल्लेख छ ।

सो पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा शुक्रबार बसेको बैठकले निर्वाचनमा आचारसंहिता उल्लंघन तथा सत्ताको दुरूपयोग रोक्न र भय र आशंकाको वातावरण अन्त्य गरी निर्वाचन गराउन ओलीले माग गर्दै उनले आफ्नो पार्टीविरुद्ध विभिन्न प्रचार गरिए पनि प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन सम्पन्न भएको र परिणाम निक्कै कमजोर नभएको दाबीसमेत गरे ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....