११० स्थानको मतपरिणाम सार्वजनिक : निर्वाचन आयोग

काठमाडौं, असोज ७ ।
तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ११० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।
आज दिउँसो २ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३३, संघीय समाजवादी फोरम नेपाल २०, नेकपा माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १९ स्थानीय तहमा विजयी भएका छन् ।
त्यसैगरी, नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया