चिकित्सक आन्दोलनमा उत्रिएपछि पछि हट्यो सरकार

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार १०:४५


काठमाडौं, असोज ८ ।
चिकित्सकको चरम लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउने तयारीमा जुटेको सरकार चिकित्सकहरुकै दबाबमा पछि हटेको छ ।

चिकित्सकको लापरवाही कम गराउने उदेश्यले लिएको सो निर्णय विरुद्ध देशका चिकित्सकहरू आन्दोलित भएका थिए ।

सरकारको निर्णयलाई लिएर मेडिकल एसोसिएसनले देशभरका अस्पतालको सेवा बन्द गराउँदै आएको थियो । चिकित्सकको दबाब पछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो ।

मन्त्रिपरिषदको सोमबारको बैठकले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए क्षतिपूर्ति चिकित्सकबाटै भराउने गरी कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

चिकित्सकहरूले उक्त निर्णयविरुद्ध तत्कालै ७२ घण्टे अल्टिमेटम दिएका थिए ।

उनीहरूले देशभरका अस्पताल ठप्प पार्दै आन्दोलन थालेपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्णय सच्याइएको व्यहोरासहितको विज्ञप्ति जारी गरेको छ ।

आजको कान्तिपुरमा खबर छ ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....