योगदान तथा समावेशिताका आधारमा टिकट दिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

पोखरा, असोज ८ ।
उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् ।
कांग्रेस कास्कीद्वारा आज आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले निर्वाचनमा पार्टीमा लामो समयदेखि दिइएको योगदान एवं समावेशिताका आधारमा टिकट दिइनुपर्नेमा जोड दिएका छन् ।
सो अवसरमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री तथा कांग्रेसका नेता यज्ञबहादुर थापाले कांग्रेसप्रति जनताको विश्वास कायमै रहेको बताए ।
प्रतिक्रिया