१२७ स्थानको मतपरिणाम सार्वजनिक

काठमाडौं, असोज ८ ।
स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १२७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३७, संघीय समाजवादी फोरम २३, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २० स्थानीय तहमा विजयी भएका छन् ।
त्यसैगरी नेकपा एमाले १७, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानीय तहमा विजयी भएका छन् । कंग्रेस २ स्थानमा अघि छ । त्यस्तै संघीय समाजवादी फोरम ३, माओवादी केन्द्र १, नेकपा एमाले ४ स्थानमा अघि रहेको छ ।
प्रतिक्रिया