कञ्चनपुर घटनालाई लिएर विप्लवद्वारा भोलि नेपाल बन्द आव्हान

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार १६:१७


काठमाडौं, फागुन २७ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरमा भएको घटनामा गोविन्द गौतमको हत्या भएको विरोधमा फागुन २८ गते भोलि शनिवार नेपाल बन्द आह्वान गरेको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी भारतीय सुरक्षाकर्मीले आततायी ढंगबाट नेपाली नागरिकको हत्या गरेकाले त्यसको विरोधमा शनिवार नेपाल बन्द आह्वान गर्ने निर्णय लिइएको जानकारी गराएको हो । ‘निर्दोश नागरिकलाई गोली हान्नेलाई कारवाही नगरे भारतीय दूतावास लाजिम्पाटमा राख्ने नराख्ने जनताले सोच्न बाध्य हुनेछन्’ प्रवक्ता प्रकाण्डले पत्रकार सम्मेलनमा भने ।

उनले जनताको सहनशीलतालाई कमजोरीको रूपमा नलिन चेतावनी समेत दिएका छन् । भारतीय सिमा सुरक्षा बलले हानेको गोली लागि कञ्चनपुरका पुनर्वासस्थित आनन्दबजारका ३२ वर्षीय युवा गौतमको मृत्यु भएको थियो । चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालप्रति भारतीय हस्तक्षेप बढ्दै गएको आरोप लगाउँदै त्यसको प्रतिवादमा अगाडि आउन सबै देशभक्त नागरिक, जनताको हित चाहने शक्तिहरू एकतावद्ध हुनुपर्ने कुरामा जोड दिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....