प्रधानमन्त्री देउवालाई ओमन सरकारद्वारा ‘गार्ड अफ अनर’ प्रदान

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार ०५:४२


काठमाडौं, असोज १० ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारद्वारा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबी हँुदै सोमबार ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो । प्रधानमन्त्री देउवालाई ओमनको तीन दिने कार्यक्रमलाई त्यहाँको सरकारले औपचारिकता दिएको छ ।

उनलाई सोमबार साँझ मस्कट विमानस्थलमा ओमनका उपप्रधानमन्त्री सइद फहद महुद अल – सइद, ओमन सरकारका पाँच मन्त्री, नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुलीलगायत उच्च अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले सोमबार रात्रिभोजको आयोजनासमेत गरेको थियो । मंगलबार र बुधबार ओमनमा उनको उच्चस्तरीय भेटवार्ता हुने त्यहाँस्थित नेपाली दूताबासले जनाएको छ ।

प्रधानमन्त्री देउवाले आज खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका निजी सचिव बद्री तिवारीले जानकारी दिएका छन् । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी भएका छन् ।

प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत सहभागी छन् । महासभामा भाग लिन यही असोज ३ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्कका लागि प्रस्थान गरेको नेपाली प्रतिनिधिमण्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....