कञ्चनपुर घटनामा मारिएका गौतमलाई शहीद घोषणा

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार १७:५०


काठमाडौं, फागुन २७ ।
भारतीय सुरक्षा बल एसएसबी र नेपाली पक्षबीच बिहीबार कञ्चनपुरमा भएको दोहोरो भिडन्तमा परी २५ वर्षीय गोविन्द गौतमको निधन भएपछि विभिन्न जिल्लामा मृतक गौतमलाई शहीद घोषणा गर्न माग गर्दै विभिन्न संघ/संस्थाले नारा जुलुस निकालेर सरकारलाई दबाब दिएपछि आज सरकारले मृतक गौतमलाई शहीद घोषणा गरेको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकातर्फबाट भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवलले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँड टेलिफोन वार्ता गरी कञ्चनपुर जिल्लाको पुनर्बासमा घटेको घटनामा नेपाली युवा गौतमको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सल्लाहकार दोवलले आज दिउँसो २ बजे प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरेका छन् ।

टेलिफोन वार्ताको क्रममा दोवलले कञ्चनपुर घटना दुःखद् भएको र घटनालाई लिएर निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाइएको जानकारीसमेत गराए । दोवलले भारत सरकारको छानबिन प्रक्रियामा कूटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोष्टमार्टम रिपोर्टलगायतका अन्य सबै जानकारी उपलब्ध गराउन प्रम दाहालसँग आग्रह गरे ।

वार्तामा प्रम दाहालले दोवललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानबिन प्रक्रियामा नेपाल सरकारकोतर्फबाट पूर्ण रूपमा सहयोग रहने बताउँदै भारत सरकारको छानबिनपश्चात दोषीमाथी ठोस कारर्बाही हुने नेपालको अपेक्षा रहेको बताए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....