१३३ स्थानीय तहको मत परिणाम सार्वजनिक : निर्वाचन आयोग

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार १९:१८


काठमाडौं, असोज १० ।
गत असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली कांग्रेस ३९, संघीय समाजवादी फोरम नेपाल २५, राष्ट्रिय जनता पार्टी नेपाल २५, नेकपा (माओवादी केन्द्र) २१, नेकपा (एमाले) १८, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।

१३६ तहमध्ये अब तीन स्थानीय तहको मात्र मत परिणाम आउन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

 


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....