पर्यटन प्रवद्र्धनमा जनताको सक्रियता चाहिन्छ : बिजुक्छेँ

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार १९:४७


भक्तपुर, असोज १० ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताकै सक्रियतामा भक्तपुरमा सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

३८ औँ विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर पर्यटन विकास समितिले आज आयोजना गरेको ‘भक्तपुर नगर क्षेत्रको पर्यटन उद्योग प्रवद्र्धनसम्बन्धी सम्भाव्यता’ बिषयक अन्तरक्रियामा उनले भने, ‘काठमाडौं उपत्यकालाई सांस्कृतिक रूपमा संरक्षण र विकास गर्नुपर्दछ ।’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने लक्ष्य राखेको उल्लेख गर्दै भक्तपुरमा बढीभन्दा बढी पर्यटक ल्याउने र उनीहरूको बसाइ लम्ब्याउन रात्रि पर्यटन प्रवद्र्धन गर्न नगरपालिका लागिपरेको छ ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले पर्यटन उद्योग प्रवद्र्धनमा सबैलाई जिम्मेवार बनाउने र सांस्कृतिक सोचको विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनको परिभाषा र सोचाइमा धेरै परिवर्तन आएकाले भक्तपुर पनि समय परिस्थितिअनुसार चल्नुपर्ने सुझाव दिए ।

नेपाल टुर्स एण्ड ट्राभल एजेन्टस् एशोसियशन (नाटा)का अध्यक्ष मधुसूदन आचार्यले नेपालमा पर्यटकीय पूर्वाधार बन्न नसक्दा भक्तपुर आउने पर्यटक अन्यत्रै डाइभर्ट भइरहेको बताए ।

कार्यक्रममा भक्तपुरका सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी, सामाजिक उद्यमी अनिल चित्रकार, भक्तपुर पर्यटन विकास समितिका पूर्वअध्यक्षद्वय नवलकिशोर राजभण्डारी र दिवानचन्द्र धौभडेलले भक्तपुरले लाखौँ पर्यटकलाई आकर्षित गर्न सक्ने क्षमता भएर पनि त्यसलाई ‘क्यास’गर्न नसकेको धारणा व्यक्त गरे ।

समितिका महासचिव दीपेशराज शर्माले भक्तपुर नगरसँगै भक्तपुरका बाँकी तीन नगरपालिका मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायकको पर्यटन प्रवद्र्धनबारे पनि बहस अघि बढाइने बताए ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....