राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन सक्रियता बढ्यो : अध्यक्ष थापा

काठमाडौं, असोज ११ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन विभिन्न शक्तिको सक्रियता बढ्दै गइरहेको बताएका छन् ।
पार्टीद्वारा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफ्नो स्वार्थ र प्रभाव क्षेत्रको रूपमा विस्तार गरी मुलुकलाई क्रिडास्थल बनाउने विदेशी षड्यन्त्रलाई राष्ट्रवादी जनताले असफल पार्ने बताए ।
उनले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको मन जितेर पार्टीलाई स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे ।
ठूला भन्ने दलहरूले अवलम्बन गरेको त्रुटीपूर्ण मार्गचित्रका कारण मुलुक असफलतातर्फ धकेलिएको आरोप लगाउँदै थापाले लोकतन्त्र लुटतन्त्र बन्दै गएकामा तीब्र आक्रोशसमेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया