एमालेद्वारा यही २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देश

प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार ०६:३४


काठमाडौं, असोज ११ ।
नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देशन दिएको छ ।

सो पार्टीको मंगलबार बसेको स्थायी कमिटीको बैठकले यही असोज १६ र १७ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गरेको निर्णणअनुरूप जिल्ला कमिटीमा नाम सिफारिस गर्न र १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश कमिटीमा पठाउनु पर्नेछ । प्रदेश कमिटीले असोज २२ र २३ गते बैठक गरी २३ गतेभित्र पार्टी कार्यालयमा नाम दिनुपर्नेछ । ती नामबारे अन्तिम टुंगो लगाउन असोज २६ र २७ गते स्थायी कमिटीको बैठक बस्ने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले असोज २९ गते संघ र प्रदेशको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्नेछ ।

पार्टीले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई यो वर्ष अन्य निर्वाचनमा उम्मेदवार बनाउने छैन । तर विशेषस्थितिमा महिलाहरूको हकमा केही उम्मेदवार दोहोरिन सक्नेछ । उम्मेदवार चयन गर्दा पार्टीप्रति प्रतिबद्ध, निष्ठावान, भ्रष्टाचार र नैतिक पतनमा संलग्न नभएको, जित्न सक्ने, जनतामा लोकप्रिय, संसदीय दृष्टिकोणमा रुची र ज्ञान भएको, समावेशिता तथा भौगोलिक सन्तुलनलाई ध्यान दिनेलगायतको मापदण्ड तय गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....