१३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक : निर्वाचन आयोग

प्रकाशित मिति: ११ आश्विन २०७४, बुधबार १५:२५


काठमाडौं, असोज ११ ।
यहीँ असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज दिउँसो १ बजेसम्म १३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)बाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगञ्ज महानगरपालिका र राजविराज नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।

वीरगञ्ज महानगरपालिकाका ३२ वडामध्ये ३० वटा वडाको मत परिणाम सार्वजनिक भएको र बाँकी दुई वडामध्ये वडा नं १७ को मतगणना सम्पन्न भई घोषणा हुने क्रममा रहेको तथा वडा नं १६ को अन्तिम मतपरिणाम आज बेलुकासम्म प्राप्त हुने अपेक्षा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सप्तरीको राजविराज नगरपालिकाका १६ वटा वडामध्ये १४ वटा वडाको मतगणना सम्पन्न भएको र बाँकी दुईवटा वडाको पनि आजै बेलुकासम्ममा सकिने जानकारी प्राप्त भएको छ ।

स्थानीय तहका प्रमुख एवं अध्यक्ष पदमा नेपाली कांग्रेसका ४०, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी नेपाल २४, नेकपा (माओवादी केन्द्र)२१, नेकपा .(एमाल) १८, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टीका एकजना उम्मेदवार विजयी भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

१४ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा ३१ वर्षीय युवक पक्राउ

काठमाडाैं, असार ३ । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा नासो गाउँपालिका-९.....