ग्याँसको मूल्यमा रु. २५ ले वृद्धि

काठमाडौं, फागुन २८ ।
नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्यमा पुनः वृद्धि गरेको छ । प्रति सिलिण्डर २५ रुपैयाँले वृद्धि भएको निगम प्रवक्ता सीताराम पोखरेलले जानकारी दिएका छन् ।
उनकाअनुसार बढेको मूल्य गएराति १२ बजेबाट लागू भएको जनाएको छ । ग्राहकले यसअघि प्रति सिलिण्डर १३ सय ५० रुपैयाँ तिर्दै आएकोमा अब भने प्रति सिलिण्डर १३ सय ७५ रुपैयाँ तिर्नु पर्ने भएको छ । त्यस्तै, केही समयअघि मात्रै पेट्रोल, डिजेल र मट्टिटेलको मूल्य बढाईएकाले अहिले यिनीहरूको मूल्यमा वृद्धि गरिएको छैन ।
ईण्डियन आयल कर्पोरेशनले मार्च १ तारिखमा प्रति सिलिण्डर तीन सय १३ रुपैयाँ मूल्य वृद्धि गरी मूल्य सूची नेपाल आयल निगमलाई पठाएको आधारमा निगमले गएराति ग्याँसको मूल्यमा वृद्धि गरिएको जनाएको छ ।
प्रतिक्रिया