महाअष्टमीको दिन पारेर आज काठमाडौंको जीवित देवी कुमारी फेरिँदै
काठमाडौं, असोज १२ ।
काठमाडौंकी जिवित देवी कुमारी आज फेरिँदैछ ।
हालकी कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले उनको ठाउँमा ओमबहालकी तृष्णा शाक्यलाई कुमारी छनौट गरिएको हो ।
महाअष्टमीको दिन पारेर आज तृष्णा शाक्यलाई विधिवत कुमारी देवीका रुपमा प्रतिस्थापन गरिने गुठी संस्थानले जनाएको छ ।
गुठी संस्थानको संचालक समितिले तृष्णलाई कुमारी छनौट गरेको हो । संस्थानले १८ वटा महाविहारका ३ जना प्रतिनिधि, पञ्चबुद्धका राजगुरुसमेत ५ जनाको छनौट समितिबाट नयाँ कुमारी छनौट गरेको हो ।
३ वर्षको उमेरमा कुमारी भएकी मतिनालाई पनि आजै राजकीय सम्मानका साथ कुमारीघरबाट बिदाइ गरिनेछ ।
कुमारीलाई जीवित देवीका रुपमा पुज्ने गरिन्छ ।
प्रतिक्रिया