नेपाल बन्द : गोङ्गबुँमा भारतीय नम्बर प्लेट गाडीमा तोडफोड

प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार ०९:०९


काठमाडौं, फागुन २८ ।
नेत्रविक्रम चन्द विप्लव माओवादीद्वारा आज आव्हान गरिएको नेपाल बन्दको क्रममा काठमाडौंको गोङ्गबुँमा भारतीय नम्बर प्लेट भएको गाडीमा तोडफोड भएको छ ।

एचपी ६४५०६६ नम्बरको भारतीय गाडी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेको आशंका गरिएको छ । सेतो रङको स्कोरपिओमा पछाडि र अगाडिबाट ढुङ्गा प्रहार गरी सिसा फुटाइएको छ ।

त्यसैगरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेपाल बन्दको क्रममा दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका उषा किरण आजाद र सन्तोष खड्कालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

त्यस्तैगरी, कलंकीमा भारतीय नम्बरको ट्रकमा आगजनी भएको छ । Mk 78 AA 8372 नम्बरको भारतीय नम्बरको ट्रकमा तोडफोड भएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....